WordConnect.
Nepali

Chediyeko Hath

Nepali Lyrics

छेडिएको तिम्रो हातलाई समाउन आयौँ

(यो जातिले येशुसंगै माया लायौँ) २

(पिडा हट्दै नगएसम्म, वचन देह नभएसम्म) २

हृदयको आराधना चढाउदै‘

छेडिएको तिम्रो हातलाई समाउन आयौँ

यो जातिले येशुसंगै माया लायौँ

स्वर्गको छायाँमा येशु तिम्रो मायामा

हाम्रो जाति निको हुदै छ

भलभली बगेको कलवरीको रगतमा

आफ्नो दौरा चोली धुदैछ

(नत दाग न चाउरी परेको

आत्माले तिम्रो भरेको) २

जीवनको सुवास्ना फैलाउदै‘

छेडिएको तिम्रो हातलाई समाउन आयौँ

यो जातिले येशुसंगै माया लायौँ

सुर्य र चन्द्रमा बनाउने येशुको

स्वर्गीय ज्योति देशमा चाहिन्छ

मृत्युलाई हटाउने जीवनलाई बोलाउने

एउटा नयाँ गीत अब गाइन्छ

(येशु बस्ने यो हाम्रो छाती

आशिषित छौ नेपाली जाति) २

चुनिएको राजकीय पुजाहारी‘

छेडिएको तिम्रो हातलाई समाउन आयौं

(यो जातिले येशुसंगै माया लायौ)२

Full Song Experience

Sing along in the WordConnect App

Get synchronized lyrics, chords, Hinglish mode, and 1,000+ more songs — free on Android.

Download Free on Google Play