Nepali
Gau Sworai Uchali
Nepali Lyrics
(गाऊँ स्वरै उचाली बजाउदै ताली)२
हाम्रो परमेश्वरको गरौं है महिमा
(हाम्रो दुवै हातै उचाली)२
हातेमालो गर्दै नाच्दै रमाउदै
घनघन मादल घन्काउदै (२)
तनले मनले प्रशंसा गर्दै
(उनको नाउँलाई उचाल्दै)२
गाऊँ स्वरै उचाली बजाउदै ताली (२)
हाम्रो परमेश्वरको गरौं है महिमा
(हाम्रो दुवै हातै उचाली)२
बाँसुरी र विणा सारङीको स्वरमा
झ्यालीको झन्का झन्काउँदै (२)
हामी सबै मिलीजुली एकै स्वरमा
(उनको नाउँलाई उचालदै)२
गाऊँ स्वरै उचाली बजाउदै ताली (२)
हाम्रो परमेश्वरको गरौं है महिमा
(हाम्रो दुवै हातै उचाली) २
Full Song Experience
Sing along in the WordConnect App
Get synchronized lyrics, chords, Hinglish mode, and 1,000+ more songs — free on Android.
Download Free on Google Play