WordConnect.
Nepali

Hanna Ko Prarthna

Nepali Lyrics

हन्नाको प्रार्थना सुन्नुहुने

दानियललाई जवाफ दिनुहुने

दाउदलाई विजय दिनुहुने

हाम्रो परमेश्वर हाम्रो उद्धार गर्नुहुने

हाम्रो परमेश्वर हाम्रो पुकारा सुन्नुहुने

प्रार्थनामा टेक्छौ घुडा आज

पोक्छौ बिलौना तपाई अघि

सुनिदिनुहोस् सुनिदिने

तपाई बाहेक छैन काेहि

(तपाई बाहेक हे परमेश्वर हाम्रो छैन कोहि)२

अय्युबकको सुदिन फर्काउनु हुने

इस्रायलको साथ साथ हिड्नु हुने

अब्राहामलाई बोलाउनु हुने

हाम्रो परमेश्वर हाम्रो उद्धार गर्नुहुने

हाम्रो परमेश्वर हाम्रो पुकारा सुन्नुहुने

बुआ भनेर हामीलाई

चिनाउनु भो आफैलाई

मानिसको वास्ता गर्नु भई

आउनुभो आफै मानिस भई

(तपाईको प्रेममा बाहेक आशा छैन कहि)२

सद्रक मेशक अबेदनागो संग आगोमा हिड्नुहुने,

मोशालाई मित्र भन्नुहुने

हाम्रो परमेश्वर हाम्रो उद्धार गर्नुहुने,

हाम्रो परमेश्वर हाम्रो पुकारा सुन्नुहुने

Full Song Experience

Sing along in the WordConnect App

Get synchronized lyrics, chords, Hinglish mode, and 1,000+ more songs — free on Android.

Download Free on Google Play