WordConnect.
Nepali

Mahan Iswor

Nepali Lyrics

१:(महान् ईश्वर बिचार्छु काम तपाईकाे

अचम्मकाे जाे सृष्टि गर्नु भाे

हेर्छु तारा सुन्छु गर्जन डरलाग्दाे

प्रकट सामर्थ संसारमा तपाईकाे)२

काे:(प्रशंसा हाेईरहाेस् ईश्वरकाे

कति महान् कति महान्)×२

२:(पहाड-पर्वत जंगल म जब घुम्छु

पक्षीहरू म सुन्छु गाएकाे

सुन्दर पहाड देखि म तल हेर्छु

कलकल अवाज खाेलाकाे सुन्दछु)२

३:(जब पिताले एकलाैटे पुत्रलाई

पठाए जगमा पाप उठाउनलाई

मेराे बदली क्रूसैमा उनी चढी

उद्धार मेराे गरे रगत बहाई)२

४:(जयध्वनिसाथ येशू संसारमा आउँछन

असीम आनन्दसाथ लैजान्छन वहाँ

विनम्रसाथ उनलाई वहाँ पुज्नेछु

महान् ईश्वरको गर्छु प्रशंसा)२

Full Song Experience

Sing along in the WordConnect App

Get synchronized lyrics, chords, Hinglish mode, and 1,000+ more songs — free on Android.

Download Free on Google Play