WordConnect.
Nepali

Tapai Jasto

Nepali Lyrics

तपाई जस्तो कोही छैन, तपाई जस्तो कोही छैन,

पवित्र पवित्र परमेश्वर

आफैमा सर्वसम्पन्न, आनन्द र प्रेमले पूर्ण

कसैमा हुनुहुन्न निर्भर

आदिमा तपाई जब बोल्नुभो पृथ्वी उत्पन्न भए,

ताराहरू र स्वर्गदुतहरू तपाईको ज्ञानले सृजिए

(सार्वभौमिक सर्वज्ञानी पितालाई होस महिमा,

स्तुति आदर आराधना) २

आफ्नो महिमा प्रकट गर्न, माटोबाट मानिसलाई

आफ्नै स्वरूपमा बनाउनुभो

बिद्रोहि अनाज्ञाकारी हुँदा नी त्याग्नुभएन

प्रेम गरिरहनुभयो

करारको शर्तको श्रापहरू, आफ्नो शरीरमा लिनुभो

र बिना शर्तको प्रेमले म पापीलाई प्रेम गर्नुभो

(अनुग्रही आै दयालु येशूलाई होस महिमा

स्तुति आदर आराधना) २

Full Song Experience

Sing along in the WordConnect App

Get synchronized lyrics, chords, Hinglish mode, and 1,000+ more songs — free on Android.

Download Free on Google Play